समाचार

दुई सातासम्म लकडाउन लम्ब्याउने सरकारी संकेत !

२५ चैत– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरिएको लकडाउन अवधि अझै दुई सातासम्म लम्बिन सक्ने संकेत देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै आगामी दुई साता नेपाल र नेपालीका लागि थप चुनौतीपूर्ण समय हुन सक्ने बताए ।

ओलीले आगामी दुई साता कोरोना भाइरस संक्रमणका लागि चुनौतीपूर्ण समय रहेको उल्लेख गरे । ‘आगामी दुई साता सायद हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्छ । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधिमात्रै होइन’, प्रधानमन्त्री ओलीले भने, ‘समूदायमा फैलिन उच्च जोखिमको अवधि पनि हो ।’

सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम, नियन्त्रण, उपचार तथा राहतलगायत विषयमा सरकारले गरिरहेको कामबारे देशबासीलाई अवगत गराए । सरकारले तेश्रोपटक तोकेको लकडाउन अवधि आगामी ३ वैशाखमा सकिँदैछ ।

Related Articles

Back to top button
Close