समाचार

बेलायतका स्वास्थ्यकर्मीले पीपीईको अभावमा भएपछि प्लाष्टिकको फोहोर राख्ने झोला प्रयोग गर्दै बिरामीको उपचार गर्न थाले !

बेलायतका अस्पतालमा उपकरण अभाव भएकोबारे स्वास्थ्यकर्मीहरुले मुख खोलेका छन् । मिडियासंग कुरा नगर्न चेतावनी दिइएको कारण उनीहरू सोको विषयमा केही नभनी चुपचाप बसेका थिए । मिडल्यान्ड्सका एक चिकित्सकले यस विषयमा बोल्न नचाहेको कारण बीबीसीले उनको परिचय गोप्य राखिएको उल्लेख गरेको छ ।

डा. रोबर्ट्स (नाम परिवर्तन) ले कोरोना भाइरस सङ्क्रमितले भरिएको कारण एक अस्पतालमा सघन उपचार कक्षमा शल्यक्रियाका सबै केसहरू सारिएको बीबीसीसंग बताइन् ।

अस्पतालमा पर्याप्त कर्मचारी नभएको , सघन उपचारका लागि शैय्याको अभाव र सामान्य एन्टिबायोटिक्स् औषधि र भेन्टिलेटरको पनि समस्या रहेको उनले जनाइन् ।

बीबीसीका अनुसार प्रत्येक दिन १३ घण्टा सिकिस्त बिरामीहरू हेरिरहेका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभावमा प्लास्टिकका फोहोर राख्ने झोला, प्लास्टिकका एप्रन र सापटी लिइएका स्की खेल्ने चस्मा प्रयोग गर्नुपरेको अवस्था रहेको छ।

यूकेका नेशलन हेल्थ सर्भिस एनएचएसका कर्मचारीहरूले कोरोनाभाइरस सङ्क्रमणको आशङ्का गरिएको मानिसहरूलाई २० सेन्टिमिटरको दूरीमा रहेर चेकजाँच्न गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close