समाचार

यी हुन कोरोनाबाट दुबईमा मृत्यु हुने महिला

काठमाडौं / संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत एक नेपाली महिलामा मृत्युपछि उहाकाे मृत्यु कोरोनाबाट भएकाे पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

मृतकका आफन्तबाट प्राप्त कागजमा मृत्युको कारण कोरोना उल्लेख भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार सोमबार साँझसम्म बिनुको मृत्युको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

बिहीबार साँझ खाना खाएर सुत्नुभएकी बिनु शुक्रबार मृत भेटिनुभएको थियो । कोठाबाटै प्रहरीले शव उठाएको थियो । तर उहाँको नाम मृत्युहुँदा सम्म पनि कोरोना सङ्क्रमितको सूचिमा थिएन भने शुक्रबार मृत्युको कारण पनि खुलेको थिएन । तर सोमबार दुबईको अल रशिद अस्पतालले बिनुको मृत्युको काराण कोरोना भाइरस भएको पुष्टि गरेको हो ।

बर दुबईको अल रफ्फा पुलिस स्टेसनमार्फत प्राप्त कागजात मृतकका श्रीमान डोलराज पराजुलीले दूतावासलाई पनि दिनुभएको छ ।

परिवारले लकडाउनका कारण बिनुको यूएईमा दाहसंंस्कार गर्ने तयारी गरिरहेको भए पनि मृत्युको कारण कोरोना देखिएपछि अस्पतालले शव दिएको छैन ।

परिवारजनबाट प्राप्त अरेबिक भाषामा लिखित पत्रलाई दूतावासकै जनसंपर्क अधिकृत (पीआरओ) मार्फत उल्था गरिएको र त्यसमा ज्यान जानुको कारण कोरोना भाइरस उल्लेख भएको दूतावासको भनाई छ ।

४० वर्षीय बिनु यूएईम पछिल्लो एक भारतीय नागरिको घरमा घरेलु काम गर्नुहुन्थ्यो । तर उहाँ यूएईमा १० वर्षदेखि कार्यररत हुनुहुन्छ । यूएईको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ११ जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि गरेको छ । दुई जना भने निको भइसकेका छन् ।

उज्यालो

Related Articles

Back to top button
Close