अन्तर्राष्ट्रिय समाचार

कोरोना भाइरसका बिरामीको सेवा गर्दागर्दै बेलायतमा यी नर्स आफैले गुमाइन ज्या-न !

बेलायत- बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको निधन भएको छ । तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी हुन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्दै आएकी थिइन् ।

मृ-तक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्रतिभाशाली भएको बताउँदै उनकाे निधनमा गहिरो दुख व्यक्त गरेकी छिन् । उनले भनिन, ‘हामीले एउटा बहुप्रतिभाशाली नर्स गुमायौँ, हामीले जीवनमा एक अद्भुत व्यक्तिलाई पनि गुमायौँ ।’

उनी काममा अब्बल भएकै कारण समाजमा उदाहरणीय बनेकी थिइन् । उनी बिरामीको हेरचाहमा मात्र नभएर समुदायको सधैँ हितमा लाग्ने गर्थिन् । उनले कुनै मानिस पैसाका कारण समस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।

नसरिनको गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

त्यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनलाइ घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए । कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो ।

सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उनको अवस्था सामान्य रहेको सोमबार बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले बताएका छन् ।

Related Articles

Back to top button
Close