समाचार

सकेको सहयोग गर्छौं, अप्ठ्यारो पर्दा नेपालले गरेको सहयोग कहिल्यै बिर्सन्नौं : चीन

काठमाडौं: उत्तरी छिमेकी चीनले को;रोना भाइरस विरूद्ध लडाइँमा नेपाललाई सकेको सबै सहयोग गर्ने बताएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै चीनमा कोरोनाको महामारी फैलिँदा धेरै देशले सहयोग गरेको र अहिले चीनले पनि अरू देशलाई सहयोग गरिरहेको बताइन्।

‘महामारीसँग ल’ड्न चीनलाई अप्ठ्यारो परेका बेला नेपालले मूल्यवान सहयोग दियो, जुन सहयोग चिनियाँ जनताले कहिल्यै बिर्सने छैनन्,’ राजदूत यान्छीले भनिन्, ‘अहिले नेपालमा महामारी फैलि रहेको छ र चीनले पनि आफूले सकेजति नेपाललाई सहयोग गर्न खोजिरहेको छ।’ चीनको हुपई प्रान्तको वुहानबाट सुरु भएको को;रोना संक्रमण विरुद्ध ऊ सफलता हासिल गरिरहेको छ।

‘राष्ट्रपति सी चिनफिङको नेतृत्वमा महामारीलाई विस्तारै समाधान गर्दै सकारात्मक पाटोमा ल्याउने काम भइरहेको छ। ७६ हजार संक्रमित ठीक भइसकेका छन्’, चिनियाँ दूतावासले राजदूत होउसँगको संयुक्त अन्तर्वार्ता भन्दै पठाएको एक विज्ञप्तिमा लेखिएको छ, ‘अहिले यो महामारी विश्वभर फैलिएको छ। यस वि’रुद्धको ल’डाइँमा चीन सबैसँग हातेमालो गर्छ।’

चीनमा बाहिरबाट आएका को;रोना संक्रमित भेटिएकाले यसलाई आयातीत संक्रमण भनिएको छ।त्यसको संख्या ९ सयभन्दा बढी रहेको जानकारी उनले दिएकी छन्। चीन महामारीविरुद्ध लडिरहँदा नेपालले सहयोग उपलब्ध गराएर चीनलाई पीडामा साथ दिएको पनि विज्ञप्तिमा उल्लेख छ। उनले नेपालले गरेको सहयोगको प्रशंसा गर्दै नेपाललाई पनि चीनले सक्दो सहयोग गर्ने बताएकी छन्।

‘सम्बन्ध र सहयोग दोहोरो हुन्छ। हामी पनि यहाँको अहिलेको अवस्थामा सहयोग गरिरहेका छौं’ उनले भनेकी छन्, ‘हामीले नेपाल मात्र होइन, १सय २० मुलुकमा कोरोनाविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराइरहेका छौं।’ उनले विश्वको आगामी सुन्दर भविष्य का लागि सबै सहयोगी हुन आवश्यक रहेको उल्लेख गरेकी छन्। ‘चीनले कहिले पनि चीन पहिलो भन्ने नीति लिएको छैन र लिने पनि छैन’, उनले भनेकी छन्, ‘हामी सबैसँग हातेमालो गरेर अघि बढ्नेछौं।

नेपालजस्तो छिमेकसँग झनै निकट रहेर सहकार्य गरिरहनेछौं। हामीले हाम्रो अनुभव र सुझाव मात्र होइन आवश्यक सामग्री पनि नेपाल सरकारलाई एक लट उपलब्ध गराइसकेका छौं। नेपालमा झैं लकडाउनको बाटो अपनाएर चीनले समस्या समाधान गरेको विज्ञप्ति मा उल्लेख छ। परीक्षणका लागि आवश्यक सामग्रीहरु सक्दो उपलब्ध गराउने उनले जनाएकी छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्च स्तरीय समन्वय समितिसँग कूटनीतिक च्यानल मार्फत भेटघाट गरी आवश्यक सामग्री ल्याउने विषयमा छलफल गरिरहेको उनले उल्लेख गरेकी छन्। चीनले उत्पादन गरेको सामग्रीको गुणस्तरमा प्रश्न आएको विषयमा भने उनले मापदण्ड तोकेको कम्पनीबाट खरिद गर्दा राम्रो हुने बताएकी छन्। चीनले पनि त्यस्ता सामग्री गुणस्तर परीक्षण गरेर पठाउने उनको भनाइ छ।

‘सामान कमसल रहेको वा त्यो प्रमाणित छैन भने भन्सारमा रोकिने गर्छ’ विज्ञप्तिमा भनिएको छ ‘त्यो परीक्षण हुन्छ।’ सार्क राष्ट्रमा ७ हजारभन्दा बढी संक्रमण देखिएको उल्लेख गर्दै उनले सबै सार्क सदस्य चीनको छिमेक र छिमेक जस्तै निकट रहेकाले सहयोग रहने रहने जनाएकी छन्। सार्कले भिडियो कन्फरेन्स गरेर सहकार्यमा जोड दिँदा सार्कको पर्यवेक्षकको तवरबाट चीनले पनि साथ दिएको पनि उनले स्पष्ट पारेकी छन्।

Related Articles

Back to top button