समाचार

युएईका युवराजको घोषणा , कोरोनाको समयमा नेपाली कामदारलाई आफ्नै नागरिक सरह हेर्छौ…

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराजलाई टेलिफोनमार्फत कुराकानी गर्दै कोरोना र त्यस्को असरबारे जानकारी लिएका छन्।प्रधानमन्त्री ओलीले सोमबार युएईका युवराजसँग टेलिफोन कुराकानी मार्फत युएईमा रहेका नेपाली कामदारको अवस्था र सरकारले गर्ने सहयोगबारे जानकारी लिएका हुन्।

पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि युएई सरकारले गरेको पहल र नेपाली कामदारको अवस्थाबारे दुईजनाबिच भएको कुराकानीको क्रममा युएईका युवराजले दिएको जवाफबारे प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्: “युएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेका जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन्। उनीहरुले युएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु। ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।”

युएईमा कोरोना भाइरसका कारण एक नेपालीको ज्यान गएको खबर प्राप्त भएकै दिन प्रधानमन्त्री ओलीले त्यहा रहेका नेपाली कमदारको अवस्थाबारे जानकारी लिएका हुन्। कोरोना भाइरसका कारण रुपन्देही देबदह– ६ की बिनु पराजुलीको गत शुक्रवार ज्या,न गएको जानकारी प्राप्त भएको थियो।

Related Articles

Back to top button
Close