समाचार

प्रतिभाशाली नर्स जाे काेराेनाका कारण संसारबाट विदा भइन् !

बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको मृत्यु भएको छ । तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी छिन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्थिन्।

मृतक नर्सकी बहिनी काजीमा नसरिन भन्छिन्, नसरिन एक बहुप्रतिभाशाली व्यक्ति थिइन जसले संधैआफूलाई अन्तिममा राख्थिन् । उनी समाजमा एक उदाहरणीय व्यक्ति थिइन जसले काममा सधैँ अव्वलनै थिइन् त्यो भन्दा बढी समुदायको सधैँ हित सोच्थिन र सबैलाई सहयोग गर्थिन ।काजीमा भन्छिन् ।

उनले कुनै मानिस पैसाका कारण समस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।हामीले एउटा बहुप्रतिभाशाली नर्स गुमायौँ, तर हामीले जीवनमा एक अद्भुत व्यक्तिलाई पनि गुमायौँ । उनले भनिन् ।

नसरिन शुक्रवारको बिहान इन्टेन्सीभ केयर युनिटबाट संसार छाडिन् । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि गत साता देखि भेन्टिलेटरमा राखिएको थियो ।

Related Articles

Back to top button