समाचार

दुबईमा कोरोनाका कारण एक नेपाली महिलाको मृत्यु

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण यूएईको दुबईमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा वुटवलकी एक ४० वर्षीया महिला रहेको दुबईस्थित अल रफ्फा प्रहरीले जनाएको छ । उनको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको बताइएको छ । उनी विगत दश वर्षदेखि दुवईमा रहेको जनाइएको छ ।

उनले मुटु र पेट दुखेको बताएपछि अस्पतालमा भर्ना गरिएको थियो । तर उनको शुक्रबार नै अस्पतालमा नै मृत्यु भएको जनाइएको छ । अस्पतालले मृत घोषणा गरेपनि कोरोनाका कारण मृत्यु भएको भन्ने पुष्टी भने भएको थिएन । सोमबार बईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको कोरोनाबाटै मृत्यु भएको स्वास्थ्य प्रतिवेदन आफन्तलाई बुझाएको जनाएको छ ।

Related Articles

Back to top button
Close