समाचार

प्रमूख प्रशासकीय अधिकृत हमालले नै कोरोनाका शंका गरिएका व्यक्तिहरुलाई गो’ली हा’न्न भनेपछि…

सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनकबहादुर हमालले कोरोनाको शं’का गरिएका ब्यक्तिहरुलाई सरकारले गो’ली हा’न्नुपर्ने सुझाव दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कोरोना संक्रमित व्यक्तिहरुलाई नेपाल सरकारले गो’ली हा’न्नुपर्ने भन्दै सुझाएका हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, : ‘देश बिदेशबाट आएका ब्यक्तिहरु, कोरोनाको शंका गरिएका ब्यक्तिहरु अनिवार्यरूपमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा बस्नैपर्ने ब्यबस्था लागु गर्नुपर्यो । यदि कसैले मान्दैन भने नेपाल सरकारले उसको लागि एक गो’ली खर्च गर्नुपर्ने भो । किनकी उसको कारण धेरै मानिसहरूले ज्यान गुमाउने छन् र ठुलो जनधनको क्ष’ति हुनसक्ने सम्भावना पनि बढ्नेछ ।’

नेपाली जनताले तिरेको करबाट तलब भत्ता लिइरहेका नेपाल सरकारकै जिम्मेवार अधिकृतले नागरिकलाई गो’ली हा’न्नुपर्ने भनेपछि गाउँपालिकाबासी आ’क्रोशित भएका छन् ।

सरकारको प्रतिनिधिका हैसियतमा रहेका जिम्मेवार सरकारी अधिकृतले बिदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नुको सट्टा गो’ली हा’न्न सुझाएपछि अहिले उनको चर्को आलोचना भइरहेको छ । स्राेतले भन्याे, ‘यस्ता अधिकृतलाई नेपाल सरकारले सरकारी सेवाबाटै बर्खास्त गर्नुपर्छ ।’ तर, कतिपयले भने उनलाई सार्वजनीकरुपमा माफी माग्न सुझाएका छन् । सरकारका अधिकृतस्तरमा प्रतिनिधिले जथाभावी बोल्न नहुने धेरैको सुझाव छ

Related Articles

Back to top button
Close