समाचार

नायक जयकिसन बस्नेतले लकडाउन भरि २०० जनालाई खाना खुवाउने

काठमाडौं २४ चैत / विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देशलाई लकडाउन गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन बैशाख ३ गते सम्म जारि रहने भएको छ । लकडाउनको चपेटामा छाक टार्न मुस्किल परेका २०० मजदुरहरुलाई नायक जयकिसन बस्नेतले आजदेखि खाना खान दिने घोषणा गरेको छ ।

नेपाली चलचित्र जगतमा कमेडी किङ्गको नामले बेग्लै पहिचान बनाएका नायक जयकिसन यतिबेला चलचित्र धुम ४ को छायांकन स्थगित गरेर होम क्वारेन्टिनमा बसेका छन् । निर्माता समेत रहेका जयकिसनको हिरो नं १ चलचित्र केहिदिन अगाडि मोबाइल टिभी नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो ।

नायक बस्नेतले आज चैत्र २४ गते देखि गोङ्गबुको बसपार्क पछाडी मित्रनगरमा रहेको होटल अपि हिमालमा २०० जनालाई निशुल्क खाना खुवाउने घोषणा गरेका हुन् ।

१८ वटा कोठा रहेको होटल अपि हिमालमा उनले सुत्न समस्या परेकाहरुका लागि तथा क्वारेन्टाइन वा आइसोलेसनको लागि समेत निशुल्क उपलब्ध गराउने जानकारी दिएका छन् ।

Related Articles

Back to top button