समाचार

४८ घण्टामै कोरोनाभाइरस निको पार्ने औषधीको आविष्कार गरेको अस्ट्रेलियाकी वैज्ञानिकको दावी

डा. वागस्टफका अनुसार जुम्रा मा-र्न प्रयोग हुने यो औषधीमा इभरमेक्टिन नामको रसायन प्रयोग हुन्छ । अनुसन्धानपछि प्राप्त नतिजाको आधारमा उनले यो औषधीको एक डोजले नै कोरोनाभाइरसलाई मा-र्न सकिने दावी गरेकी छिन् ।

यतिमात्र होइन उनका अनुसार यो औषधी दिएको २४ घण्टाभित्रै बिरामीको शरीरमा भाइरस म-र्ने क्रम सुरु हुन्छ । यो अनुसन्धानलाई त्यहाँको एन्टिभाइरल पत्रिकामा पनि प्रकाशित गरिएको छ । डा. वागस्टफले अहिलेसम्म यो महामारीको कुनै ठोस उपचार नभएकोले जबसम्म कोरोनाभाइरस रोक्ने भ्याक्सिन बन्दैन तबसम्म यो औषधीलाई प्रयोग गर्न सकिने बताएकी छिन् ।

उनका अनुसार एन्टि प्यारासाइटिक औषधी परजीविबाट हुने रोगलाई समाप्त गर्न सक्छन् ।उनले यो परजीवि प्रतिरोधी औषधीको प्रयोग यसअघि एचआइभी, डेंगु, इन्फ्लुएन्जा र जीका भाइरसको उपचारमा पनि प्रभावकारी रुपमा गरिएको दावी गरेकी छिन् ।

Related Articles

Back to top button
Close