समाचार

बेलायती प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालियो

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना हुनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उहाँ घरमा नै क्वारेन्टाइनमा रहदै आउनु भएको थियो ।कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो ।

प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ।उनी डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्ममा नाटकीय रूपमा भर्ना भएपछि प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएका वेलायती संचारमाध्मले जनाएका छन्। उनको उपचारका खटिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भर्ना गरिएको दाबी गरेका छन्।

सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उहाँको अवस्था सामान्य रहेको सोमबार बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उहाँका चिकित्सकले बताउनु भएको छ ।

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्या-न गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

Related Articles

Back to top button
Close