समाचार

युएईमा थप ३ जना नेपालीमा देखियो कोरोना

काठमाडौं – चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । यस्तै युएईमा पनि कोरोना संक्रतिको संख्या बढ्दै गइरहेको छ । यसैक्रममा युएईमा रहेका थप ३ जना नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

यससँगै युएईमा कोरोना संक्रमणको संख्या ११ पुगेको छ । युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ। यूएईमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९९ पुगेको छ । भने मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Related Articles

Back to top button
Close