Tuesday, February 18

गरिब दुखीको हिरो शिशिर भण्डारी र भाईरल भएकी समिक्षा अधिकारीको नयाँ गीत आयो (भिडियो हेर्नुस)

January 10, 2020 304

समाजिक सेवामा निरन्तर खटिएका कलाकार, सँचारकर्मी तथा सामाजिक अभियन्ता शिशिर भण्डारीको अभिनय रहेको नयाँ गीत १६ सालैमाको भिडियो युट्युब मार्फत दर्शकहरु माँझ आएको छ । शिशिरसँगै भिडियोमा एक समय युट्युबमा आफ्नो जादुमय आवाजले भाईरल भएकी समिक्षा अधिकारीको अभिनय रहेको छ । कलेजका दृश्यदेखि जागिरे युवा र प्रेम रोमान्सलाई समेत देखाईएको गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । गीतमा शिशिर समिक्षाले गज्जबको नृत्य प्रस्तुत गरेका छन् ।

अच्युत बस्नेत र समिक्षा अधिकारीको आवाज रहेको गीतलाई कृष्ण भारद्धाज र शुसिल पौडेलले लेखेका हुन् । सन्तोष राजबहाकको नृत्य निर्देशन रहेको गीतलाई उत्सव दाहालले खिचेका हुन । गीत रिलिज भएको छोटो समयमै युट्युबमा धेरै दर्शकहरुले गीतलाई हेर्दै उत्कृष्ठ लागेको कमेन्ट दिएका छन् । तपाई पनि भिडियो हेर्नुस-

Loading...

प्रतिकृया दिनुहोस्