समाचार

बर्षा सिवाकोटीको आज जन्मदिन, कति बर्षमा लागिन् उनी ?

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बर्षा सिवाकोटीको आज जन्मदिन परेको छ । चैत २४ गते जन्मिएकी बर्षा आजबाट २७ बर्षमा लागेकी छिन् । नेपाली विकिपिडिया अनुसार उनको जन्मदिन ६ अप्रिलमा परेको छ ।

चलचित्र नाई नभन्नु ल २ बाट नेपाली चलचित्रमा करियर शुरु गरेकी बर्षा पछिल्लो समयकी चर्चित अभिनेत्रीमा गनिन्छिन् । उनका हरेक चलचित्र दर्शकले निकै नै रुचाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अभिनेत्री बर्षा अहिले घरमै छिन् । उनले आज आफ्नो जन्मदिन नजिकका परिवार र साथिहरुसँग मनाउदैछिन् ।

Related Articles

Back to top button
Close