अमेरिकी अध्ययनको निस्कर्ष: नेपालीलाई बीसीजीले कोरोनाबाट जोगाएको हुनसक्छ !
काठमान्डौ ,कोरोना भाइरसले विश्व त्रसित छ यसको संक्रमण दर निक्कै उच्च रहेको छ। नेपालमा अहिलेसम्म को’रोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या न्यून रहेको र को’विड-१९ को कारण कसैको मृ’त्युको रिपोर्ट नआउँनु सुखद अनुभूति हो। यसको पछाडि के कस्ता कारण हुनसक्छन् भन्ने कुराको विभिन्न अनुमानकाबीच भर्खरै प्रकाशित एक अनुसन्धानको परिणामले एक मननीय कारण औंल्याएको छः नेपालमा वालवालिकालाई अनिवार्य रूपमा दिइने बीसीजी खो’पको कारण नेपालीको को’विड-१९ वि’रुद्धको प्र’तिरक्षा दह्रो बनेको हुनसक्छ।
को’विड-१९ संसारका धेरैजसो देशमा फै’लिएको भएपनि यो रोग को प्र’भाव भने बिभिन्न देशमा फरक-फरक देखिएकोले विश्वका बिभिन्न मुलकको तथ्यांक संकलन गरी राष्ट्र्रिय बीसीजी खोप नीति र को’विड-१९ मृ’त्युदरबीचको स’हसम्वन्धको विश्लेषण गरिएको हो। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इ’न्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओ’स्टियोपाथिक मे’डिसिनअन्तर्गत रहेको डि’पार्ट्मेन्ट अभ बा’योमेडिकल सा’इन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले संयुक्त रुपमा गरेको अनुसन्धानको रिपोर्टअनुसार राष्ट्रव्यापि बीसीजी खो’प नीति र को’विड-१९ को मृ’त्युदरबीच सहसम्बन्ध रहेको देखाउँछ।
बीसीजी खोपले साधारणत: श्वासप्रणालीको संक्रमणबाट बचाउँछ। यी शोधकर्ताले धेरै देशको बीसीजी भ्या’क्सिनेशन पो’लिसी र को’विड-१९ मृ’त्युदरको बीचमा रहेको हुनसक्ने ता’दत्म्यतालाई खोतलेका थिए। उनीहरुको विश्लेषणले लामो समयदेखि वालवालिकालाई अनिवार्य रुपमा बीसीजी खो’प दिने नीति अंगालेका देशको तुलनामा यस्तो अनिवार्यता लागु नगरेका इटाली, नेदरल्याण्ड, संयुक्त राज्य अमेरिका जस्ता देश को’रोनाबाट बढी प्रभावित भएको देखाएको छ। यसैगरी अनिवार्य बी’सीजी नीति ढिला सुरु भएका देशमा पनि कोरोनाको उच्च मृ’त्युदर देखियो।
उदाहरणको लागि इरानले अनिवार्य बीसीजी नीति १९८४ देखि मात्र शुरु गरेको थियो, जसको कारण त्यहाँको वृद्ध जनसंख्यामा मृ’त्युदर उच्च छ। जापानले सन् १९४७ देखि नै बीसीजी खो’प लागु गरेको थियो। स्मरण रहोस्, जापानमा को’विड-१९ को प्रारम्भदेखि नै संक्रमित संख्या रहेको भएपनि र ल’कडाउनजस्ता सामाजिक अलगावको सबैभन्दा क’डा प्रकार लागु नगरे पनि कम मृ’त्युदर भने त्यहाँ उच्च छैन।मृत्युदर मात्रै होइन बरु बीसीजी खो’पको दीर्घकालीन प्रभाव रहेको देशमा को’विड-१९ भएका व्यक्तिको रिपोर्टेड संख्यामा पनि उल्लेख्य कमी देखिएको छ।
यदि यो सोधले देखाएको प्रारम्भिक न’तिजा अन्य शोधबाट पनि प्रमाणित हुँदै गएमा कोविड-१९ बि’रूद्धको ल’डाईमा बीसीजी भ्या’क्सिनेशनले एक नयाँ स’म्भावित ढोका खोल्नेछ। नेपालीलाई हालसम्म पशुपतिनाथले को’रोनाबाट बचाइरहेको हुनसक्ने हाम्रो अनुमानमा केही न केही द’म भने देखिन्छ। बीसीजी खो’पको प्र’भावले नै हामी नेपालीको रो’ग-प्रतिरोधात्मकताको काम गरिरहेको रहेछ भन्ने कुराको पुष्टी भैहाले पनि हाम्रो नेपाली तर्क भने फेल खाँदैनः यदि पशुपतिनाथको कृपा नभएको भए हामीले बीसीजीको खो’प नै पो कसरी पाउने थियौं ?