समाचार

प्रेमिकाको हत्या गरी फरार भएका लामा १२ वर्षपछि पक्राउ

काठमाडौं / अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले प्रेमिकाको हत्या गरी फरार भएका एकजनालाई १२ वर्षपछि पक्राउ गरेको छ ।काभ्रेको रोशी गाउँपालिका घर भई ललितपुर-२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरेकाे हाे । शुक्रबार पक्राउ परेका लामालाई आइतबार सार्वजनिक गरेको थिए ।

लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ ललितपुरको इमाडोल बस्ने तारा भनिने सुनिता लामाको उनकै कोठमा हत्या गरी फरार भएका थिए । पक्राउ परेका लामालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी मुद्दामा महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।

मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले सुनिताको हत्या गरेको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button