समाचार

अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । आज चैत २४ गते (सोमबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ २८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ २१ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ९४ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९३ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ९५ रुपैयाँ ४० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ३० पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close