समाचार

विश्वभर कोरोना संक्रमितकाे संख्या १३ लाख नाजिक, साढे ६९ हजारकाे मृत्यु

काठमाडौं, २४ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १३ लाख नाजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितकाे संख्या १२ लाख ७२ हजार ९५३ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र नै ७२ हजार नयाँ संक्रमित थपिएका छन् ।


संक्रमितमध्ये २ लाख ६२ हजार ३३१ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले ९ लाख ४१ हजार १९४ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ४५ हजार ५८९ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म काेराेना भाइरसका कारण ६९ हजार ४२८ ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ३ लाख ३६ हजार ६७३ पुगेकाे छ । आइबार मात्रै अमेरिकामा २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १७ हजार ५९५ निकाे भएका छन् । अमेरिकामा अहिले ३ लाख ९ हजार ४६२ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ७०२ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

अमेरिकापछि स्पेन, इटाली र जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ३१ हजार ६४६ जना काेराेना संक्रमित भएका छन् । आइतबार मात्रै ५ हजार ४७८ जना नयाँ संक्रमित थपिएका छन् ।


संक्रमितमध्ये ३८ हजार ८० जना भने निकाे भइसकेका छन् । अहिले स्पेनमा ८० हजार ९२५ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ६ हजार ८६१ सयभान्दा बढीकाे अवस्था गम्भीर रहेको छ ।

इटालीमा अहिलेसम्म १ लाख २८ हजार काेराेना संक्रमित भएका छन् । आइतबार त्यहाँ ४ हजार ३१६ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १५ हजार ८८७ जना भने पूर्ण रूपमा निकाे भइरसकेका छन् । अहिले इटालीमा ९१ हजार २४६ जनामा काेराेना संक्रिय रहेकाे छ । ३ हजार ९७७ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख नाघेकाे छ । तीमध्ये २८ हजार ७ सय जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६९ हजार ८३९ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ४ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् ।

फ्रान्समा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या ९२ हजार ८३९ पुगेकाे छ । तीमध्ये १६ हजार १८३ जना भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६८ हजार ५७८ जनामा काेराेना सक्रिय रहेकाे छ । ६ हजार ८३८ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

चीनमा भने अहिले १ हजार ३७३ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८१ हजार ६६९ जना संक्रमित भएपनि करिब ७७ हजार भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

सबैभन्दा बढी मृत्यु हुनेमा इटाली

काेराेना संक्रमित सबैभन्दा बढी अमेरिकामा भएपनि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन अनि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ५२५ जनाको मृत्यु भएको छ ।


स्पेनमा अहिलेसम्म काेराेनाका कारण १२ हजार ६४१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६९४ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । अमेरिकामा भने अहिलेसम्म काेराेनाबाट ९ हजार ६१६ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा १ हजार १६५ जानकाे मृत्यु भएकाे छ ।

फ्रान्समा काेराेनाका कारण अहिलेसम्म ८ हजार ७८ जनाकाे मृत्यु भएकाे छ । आतबार मात्रै त्यहाँ ५१८ जनाकाे मृत्यु भएकाे छ । बेलायतमा पनि काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५ हजार नजिक पुगेकाे छ ।

जर्मनीमा अहिलेसम्म १ हजार ५८४ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लाे २४ घण्टामा १४० जनाकाे मृत्यु भएकाे छ । चीनमा भने अहिलेसम्म ३ हजार ३२९ जनाकाे मृत्यु भएकाे छ । अरू देशमा दिनहुँ मृत्यु हुनेकाे संख्या बढ्दै गइरहेकाे छ भने चीनमा भने दिनुहँ मृत्यु हुनेकाे संख्या एकदमै न्युन रहेकाे छ ।

Related Articles

Back to top button
Close