समाचार

धुलिखेल अस्पतालमा ज्वरो आएर भर्ना भएकी महिलाको मृ त्यु

काठमाडौँ – काभ्रेको धुलिखेल अस्पतालमा ज्वरो आएर भर्ना भएकी एक महिलाको मृ त्यु भएको छ। अस्पताल भर्ना भए लगत्तै पनौती नगरपालिका-१२ की ४८ वर्षीया मधुमाया तामाङलाई मृ त घोषणा गरिएको थियो।

एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखिएपछि परिवारले तामाङलाई तत्कालै अस्पताल पुर्‍याएका थिए। अस्पताल प्रशासनले कोरोना भाइरसको संक्रमणको आशंकामा मृतकको थ्रोट स्वाब परिक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको छ। मृतक तामाङकी छोरी केही समयअघि मात्र कतारबाट फर्किएको जनाइएको छ।

गत चैत ३ गते २८ वर्षीया छोरी सुकमाया तामाङ कतारबाट फर्किएकी हुन्। सुकमाया र उनको सम्पर्कमा रहेका व्यक्ति क्वारेन्टाइनमा छन्।

Related Articles

Back to top button