समाचार

लकडाउनमा समस्या परेकालाई खाद्यान्न सामाग्री सहयोग गर्ने एलिजा गौतमको घोषणा

कोभिड १९ कोरोना भाइरस विश्वभर फैलिरहेको बेला नेपाल सरकारले देशलाई लकडाउन घोषणा गरेको आज १० दिन भइसकेको छ । कोरोना भाइरसको अगाडि को धनी को गरिब सबैलाई बन्द कोठामा बस्न बाध्य बनाएको छ । तर बिहान कमाएर साझमा चुल्हो बाल्नु पर्ने मजदुरहरुको दिनचर्या कसरी बितिरहेको होला’ लकडाउन सकिन अझै पाँच दिन बाकी छ ।

लकडाउनमा समस्या परेका विपन्न परिवारहरुलाई सरकारले राहत दिने घोषणा गरेको छ । त्यस्तै सामाजिक अभियनन्ता, समाजसेवी मनको धनी व्यक्तिहरुले व्यक्तिगत सहयोग गरिरहेको बेला बरिस्ठ पत्रकार ऋषि धमला पत्नी नायिका एलिजा गौतमले पनि लकडाउनमा समस्या परेकाहरुलाई खाद्यान्न सामाग्री सहयोग गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

नमस्कार म एलिजा गौतम
आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु बिश्वब्या८पी रुपमा कोरोना भाइरसको महामारी फैलीएको तपाइहरु सबैलाई थाहै छ । यस्को प्रभाव नेपालमा पनि बिगत केहिदिनदेखी देखिदै गएको छ । सर्वप्रथम तयो संकटको समयमा सबैजना आफ्नो आफ्नो घरभित्र सुरक्षित बसिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

यस बिसम परिस्थितिमा कतिपय नेपाली दाजुभाइ दिदिबहिनीहरु देश बिदेशमा खाद्यान्नको अभाब र त्रासमा बस्न बाध्य हुनुहुन्छ । तपाइहरु जो कोहि पनि समस्यामा हुनुहुन्छ कृपया मलाई सम्पर्क गर्नु होला । मैले सकेको सहयोग गर्नेकुरा जानकारी गराउन चाहान्छु ।

सम्पर्क नम्बर:-९८६२३६६३७५.. ९८४५२३११४

Related Articles

Back to top button