समाचार

नायिका पूजा शर्माले प्राविधिकलाई २ लाखको खाद्यान्न सहयोग गर्ने

काठमाडौं / विश्वभर फैलिरहेको (कोभिड-१९) कोरोना भाइरसले नेपाललाई पनि अछुतो राखेको छैन । हालसम्म नेपालमा कोरोना संक्रमित व्यक्तिको सङ्ख्या ९ पुगेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् ।

हिजोबाट नेपालमा कोरोना दोस्रो चरणमा समेत प्रवेश गरिसकेको छ। यसभन्दा अगाडि बाहिरीदेशबाट आउनेहरुको रिपोर्ट मात्र पोजेटिभ देखियो थियो, तर हिजो एकजना स्थानियमा कोरोना संक्रमण स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको हो

कोरोना महामारी नियन्त्रण गर्नको सरकारले देशलाई लकडाउन घोषणा गरेको १३ अौं दिन भइसकेको । लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत दिने घोषणा गरेसँगै चलचित्र कर्मीहरुले पनि पर्दा पछाडिका प्राविधिकहरुलाई सहयोग गर्ने भएको छ ।

पहिलो चरणमा दीपक राज गिरीको छक्का टिमले १ लाख १० हजार सहयोग गरेका हुन् । त्यस लगत्तै नायक तथा मोडल पल शाहले ५ लाख दिने घोषणा गरेको छ, त्यस्तै नायिका पूजा शर्माले पनि प्राविधिकहरुको परिवारलाई घर घरमै पुगेर २ लाख बराबरको खाद्य सामाग्री सहयोग गर्ने घोषणा गरेका छन् ।

Related Articles

Back to top button
Close