समाचार

आयुष्मान जोशी र प्रियंका कार्कीको जोडीले गरे यस्तो सहयोगको घोषणा

घर बाहिर छाडिएका पशुहरुको उचित व्यवस्थापन र खानपिनको लागी काम आयुष्मान जोशी र प्रियंका कार्कीले आर्थिक सहयोग गर्ने भएका छन् । ’वल्र्ड स्ट्रे एलिमल्स डे’ अर्थात् ’विश्व आवारा जनावर दिवस’ पारेर आयंका फाउण्डेशन मार्फत नव विवाहित दम्पत्तीले उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

आयंका जोडीले ’एनिमल नेपाल’ नामक सस्थालाई एक लाख रुपैयाँ बराबरको चेक काटेका छन् । यो संगै एनिमल नेपालको ’एक कचौरा पानी, र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहनेछ प्रियंकाले बताइन् । यस अभियानमा आफ्नो घरमा रहेको बोतल अथवा अन्य केहि भाडामा आफ्नो घर अगाडी पानी र खाना राख्नको लागी अनुरोध गरिनेछ । यसले गर्दा जनावर भोक भोकै रहने छैनन् ।

कोरोना संक्रमणको डरले सिंगो देश नै लकडाउनको अवस्थामा छ । यस्तो बेला सडकमा रहने जनावरले खान पाइरहेका छैनन् । सोहि जनावारको सहयोगका लागी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले सन्चालन गरिरहेको ’आयांका फाउन्डेसन’ ले १ लाख सहयोग गर्ने भएको हो । अन्य फिल्मकर्मीहरुले भने फिल्म क्षेत्रका प्राविधिकलाई आर्थिक सहयोगको घोषणा गरिरहेका छन् ।

Related Articles

Back to top button
Close