समाचार

गायिका कनिकाले कोरोनालाई जितिन्, पाँचौँ रिपोर्ट नेगेटिभ

काठमाडौं / कोरोनाभाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको पाँचौँ रिपोर्ट नेगेटिभ आएको छ।लखनउस्थित सञ्जय गान्धी पीजीआई अस्पतालमा उपचार गराइरहेकी कपूरको यसअघिका चार वटा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। तर, पाँचौँ परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्

उनको छटौँ परीक्षण पनि गरिएको छ। तर, रिपोर्ट आएको छैन। छैटौँ रिपोर्ट पनि नेगेटिभ आएमा अस्पतालबाट डिस्र्चाज हुने सम्भावना छ।पीजीआई अस्पतालका निर्देशक आरके धीमनका अनुसार हाल कनिकाको स्वास्थ्य अवस्था सामान्य छ।

Related Articles

Back to top button
Close