समाचार

१२ दिनपछि देवरपछि भाउजूमा पनि कोरोना भाइरसको पुष्टि

नेपालमा पहिलो पटक दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको हो।

दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। दुबईबाट फर्किएपछि केही दिन घरमै बसेका ती युवाको भाउजूमा कोरोना भाइरसको संक्रमण भेटिएको हो। संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो।

त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो। ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको परिवारका सदस्यहरुले बताएका छन्। ‘कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर आफूहरु अचम्मित भएको उनका परिवारको भनाइ छ। ती महिलासहित ३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले शनिबार बिहानै घरमा पुगेर संक्रमण पहिचान भएकी महिलालाई अस्पताल ल्याएको छ। दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाई ईमरेट्सको ईकेविमानबाट दुबईहुँदै दिल्ली आएका थिए।

Related Articles

Back to top button
Close