समाचार

दुबईबाट फर्किएका युवकबाट परिवारमा कोरोना संक्रमण सरेको खुल्यो

काठमाडौं, २२ चैत्र । दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय युवकबाट परिवारको सदस्यमा कोरोना भाइरसको संक्रमण सरेको खुलेको छ । आज स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार संक्रमित ३४ वर्षीया महिला यसअघि खुलेको चौंथो संक्रमितका आफन्त हुन् ।

युवकको संक्रमण १४ चैत्रमा पत्ता लागेको थियो । त्यसपछि उनलाई सेती अञ्चल अस्पतालमा राखेर उपचार शुरु गरिएको थियो । युवकलाई संक्रमण पत्ता लागेको एक हप्तापछि परिवारका सदस्यलाई सरेको खुलेको छ । यो नेपालमा कोरोना संक्रमण सरेको पहिलो घटना हो ।

यसअघि विदेशबाट आएकाहरुमा मात्र संक्रमण भेटिएको थियो । आज संक्रमित पत्ता लागेकामध्ये अन्य दुईजना भने भारतबाट फर्किएका हुन् ।

Related Articles

Back to top button
Close