समाचार

रामकृष्ण ढकालले आमा सम्झिदै राखे यस्तो तस्विर

२२ चैत । काठमाडौ : गायक रामकृष्ण ढकालले लक डाउन को बेला घर भित्र को बसाई मा स्वर्गीय आमा लाई सम्झिदै आफ्नो पुरानो तस्विर फेसबुक मार्फत सेयर गरेका छन् ।२०४५ साल तिर खिचेको तस्विर लाई पहिलो पल्ट सार्वजनिक गरेको भन्दै राम कृष्ण ढकाल ले लेखेका छन्, “मेरी ममतामयी आमा (चन्द्रमाया ढकाल ) !

२०४५ सालमा पहिलो ” ढकाल सुमधुर साँझ ” सकेर म घर गएको बेला आमाको साथमा मैले चितवनमा यो फोटो खिचेको थिएँ।उहाँकै आशिर्वादले आज यहाँसम्म आइपुगेको छु।हरेक पल आमाको सम्झनामा हुन्छु म । मेरा हजारौं गीतभन्दा मीठो अनुभव हुन्छ स्मृतिमा,उहाँले मेरो केवल नाम मात्र बोलाएको पनि,स्वरको तरङ्ग !!!

आमाको साथमा म बसेको यो पुरानो फोटो पहिलो पटक फेसबुकमा राख्दैछु। वि.सं. २०६४श्रावण ५गतेदेखि उहाँको भौतिक साथ नरहे पनि आमाको अपार मातृस्नेह सदा जीवन्त छ। ” नेपाल स्टार रियालिटी शोको जजका रुपमा रहेका रामकृष्ण ढकाल अहिले कोरोनाभाइरसले गर्दा घरमा लकडाउनको पालना गर्दै बसिरहेका छन् । प्राय सांगीतिक कार्यक्रममा व्यस्त रहने रामकृष्ण ढकाल अहिले फुर्सदको बेला परिवारलाई समय दिईरहेका छन् ।

Related Articles

Back to top button
Close