समाचार

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

महेन्द्रनगर : कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका गोपाल सुनारलाई सामाजिक सञ्जालमा गलत हल्ला फैलाएको भन्दै प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

सुनारले महाकाली अस्पतालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भनेर फेसबुकमा अफवाह फैलाएपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रबिन्द्रनाथ पौडेलले जानकारी दिए। सुनार १६ दिन अघि मात्रै भारतबाट नेपाल आएका थिए।

Related Articles

Back to top button