Thursday, February 27

श्रीकृष्ण मेरो भगवान, नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ – नायिका श्वेता खड्का

January 10, 2020 434

काठमाडौ। चर्चित नायिका श्वेता खड्काले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताएकी छिन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका खड्काले यस्तो बताएकी हुन् ।

नायिका खड्काले नेपाली चलचित्र विगतभन्दा अहिले धेरै सफल भएको टिप्पणी गरेकी छिन् । उनले भनिन्,‘नेपाली चलचत्रि पहिलेभन्दा अहिले धेरै सफल भएको छ । तर, सय वटा मुभी बन्दा ९० वटा फ्लप भएका छन् । यो चाहीँ दुःखलाग्दो कुरा हो । यसबारेमा सोच्नुपर्छ ।’

फरक प्रसँगमा उनले आफूलाई मन पराउने र विवाहको लागि प्रस्ताव राख्नेको संख्या ठूलो रहेको पनि खुलासा गरिन् । उनले भनिन्,‘परिवारमार्फत विवाहको लागि प्रस्ताव धेरै आएका छन् । तर, म यसको लागि तयार छैन् । मलाई मन पराउने धेरै छन् । तर, म मन पराउँदिन् ।

कोहिनूर फिल्म रिलिज हुँदै थियो । कहाँ भेटिएलाका जोडी श्रीकृष्ण श्रेठ र श्वेता स्क्रिनिङ हुँदै थिए । चर्चीत अभिनेता र अभिनेत्रीको अभिनयको पर्खाइमा थिए दर्शक । कति फ्यानको चाहाना थियो होला, ‘श्रीकृष्ण(श्वेता’लाई हलमा भेट्ने ।

यही बीचमा आएको थियो । श्रीकृष्ण र श्वेताको विहेको खवर । यो त्यही जोडि थियो जसले केही समय पहिले सँगै होटेल व्यवसाय थालेका थिए ।

सम्पन्न परिवारकी श्वेता पुल्पुलिएरै हुर्कीएकी थिइन् । भन्छिन्, ‘१६ वर्षसम्म मलाई नपुग्दो केही थिएन । घरको निकै प्यारी छोरी थिएँ ।’ सायद घरमा ज्वाइँको खाँचो थियो । त्यसैले, नयाँ(नयाँ केटाहरुको फोटो घरमा आइ नै रहेको हुन्थ्यो । श्वेता भन्थिन्, ‘म आफैं छनोट गर्न सक्ने भएपछि मात्र बिहे गर्छु।’

श्वेताले घरमा मात्र होइन, घर बाहिर पनि अत्यधिक सामना गर्ने प्रश्न थियो, ‘विवाह कहिले रु’ त्यो किनभने उनी चर्चित अभिनेत्री थिइन् । श्वेताको एउटै जवाफ हुन्थ्यो, ‘जन्म, मृ त्यु र विवाह कसैको हातमा हुँदैन ।’

भयो पनि त्यस्तै । ६ कक्षामै श्रीकृष्ण अभिनित फिल्मको गीत चट्ट रुमाल क्यामुलुमा छमछमी नाच्ने श्वेताले कहाँ सोचेकी थिइन् र श्रकृष्णसँगै लगन गाँठो कसिन्छ भनेर । उनको लागि अभिनय पनि कल्पना बाहिरको कुरा थियो ।

भन्छन् नि जिन्दगी संयोग हो । कल्पना कम र संयोग बढीले चल्छ जिन्दगानी । ‘कहाँ भेटिएला’ श्वेताको त्यस्तै अद्भुत संयोग थियो । त्यो, भेटको डेट श्वेताको दाहिने हातको ट्युटुमा छ । त्यहीँ श्रीकृष्णलाई भेटिन, फिल्ममा छानिइन्, विस्तारै प्रेममा परिन् र बिहे गरिन् ।

Loading...

प्रतिकृया दिनुहोस्