समाचार

पतिले लगाए पत्नीलाई आगो , दुई छोरी पनि घाईते

जयकृष्ण यादव
इनरुवा, चैत २१ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई उहाँका पति २९ वर्षीय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ ।

पत्नीलाई जलाउने प्रयास स्वरुप पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत भाईते भएका छन् । आगोले पोलेर घाईते हुनेहरुमा सियालालकी पत्नी कमलाकुमारी, ८ वर्षीया छोरी प्रतिक्षा र ४ वर्षीया छोरी प्रतिमा रहेको प्रहरी नायव निरीक्षक विनुमाया बस्नेतले जानकारी दिनुभयो ।

घरायसी विवादका कारणले चैत २० गते रातिको समयमा पति सियालालले पत्नी कमलालाई शरीरमा पेट्रोल छर्केर आगजनी गरेर गम्भिर घाईते बनाईदिएको प्रत्यक्षदर्शी दिपेन्द्र उराँवले जानकारी दिनुभयो ।घाईते कमलाको इनरुवा अस्पतालमा उपचारका लागि ल्याएकोमा उपचार सम्भव नभएकाले विराटनगर पठाइएको छ ।

घाईते छोरीहरुको इनरुवा अस्पतालमा उपचारपछि अवस्था सामान्य रहेको र घटनालगतै पीडक सियालाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close