अन्तर्राष्ट्रिय समाचार

बिहानै अस्ट्रेलियामा कार दुर्घटना, दुर्घटनामा परी दुई नेपालीको मृ’त्यु ३ घाइते…

सिड्नी साउन, १२ । अस्ट्रेलियामा एका बिहानै कार दुर्घटना हुँदा २ नेपालीको मृ’त्यु भएको छ भने ३ घाइते भएका छन् । अस्ट्रेलियाको सिड्नी बाट स्नो माउन्टेन तर्फ जाँदै गरेको कार दुर्घटना ग्रस्त भएको हो । कार दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु भएको छ भने तीन जना घाइते छन् । घटना आज विान सबेरैको हो । कूमा नजिक मोनारो हाइवेमा भएको दुर्घटनामा कार करिब १ सय ६० मिटर तल खसेको थियो । यसरी खस्नु अघि कार एउटा रुखमा समेत ठोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१९ देखि २२ वर्ष उमेर समूहका पाँच जना स्नो माउन्टेनमा जानका लागि सिड्नीबाट हिंडेको र बाटोमा क्याम्पिंग गरेर विहानै त्यसतर्फ लागेको बुझिएको छ । क्याम्पिंगमा तीन वटा कारमा १५ जना स्नो माउन्टेनतर्फ गएका थिए । क्याम्पिंगमा बसेको ठाउँबाट केही चाँडो नै हिंडेका पाँच जना दुर्घटनामा परे । पछिल्लो दुई कारमा अलि ढिलो हिंडेकाहरु भने स्नो माउन्टेन पुगेपछि मात्रै यो घटनाको विषयमा जानकार भएका थिए । गाडी पल्टिएपछि एक करिब २० वर्ष उमेरकी महिला कारबाट उछिट्एिकी थिइन् ।

यस्तै अर्को एक व्यक्ति जो गाडीको अघिल्लो सिटमा बसेका थिए उनीको घटनास्थलमै ज्यान गएको थियो । बाँकी तीन जनाले आफुलाई गाडीबाट निकाल्न सफल भएका थिए र आपतकालीन सेवामा खबर गरेका थिए । दुर्घटनामा परेकामध्ये एकजना भट्टराई, अर्को देवकोटा, सुवेदी, कँडेल र भण्डारी थरका युवाहरु रहेको बताइएको छ । थप विवरणको पुष्टि गर्ने हाम्रो प्रयास जारी छ । घाइतेहरुलाई तत्कालै क्यानबेरास्थित अस्पतालमा हेलिकोप्टरमार्फत लगिएको थियो । एकजना व्यक्तिको कुमा अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको छन् भने दुईजना क्यानबेरा लगिएका व्यक्तिहरु पनि खतरामुक्त रहेको र उनीहरुलाई सामान्य वार्डमा सारिएको छ । प्रहरीले दुर्घटनाको कारणका विषयमा छानविन गरिरहेको छ । -mntv बाट साभार

Related Articles

Back to top button