समाचार

पल शाहले गरे कोरोना संक्रमणको लागि यति धेरै रकम सहयोग

विश्वभर फैलिएको को रोना भा इरसबाट बच्नको लागि नेपाल अहिले पूर्ण ल कडाउनमा छ । चलचित्रजन्य क्रियाकलापहरु रोकिएका छन् । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई अहिले निकै सं कट परिरहेको छ । यस्तैमा, नायक पल शाहले दुःखमा परेका प्राविधिकलाई सहयोग गर्ने भएका छन् । पलले सामाजिक संजालमा एक स्टाटस लेख्दै आर्थिक स्थिती कमजोर भएका प्रविधिक तथा सहयोगीहरुको लागि सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।

पलले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोगको घोषणा गरेका छन् । उनले आफ्नै हातबाट प्राविधिकहरुलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । यस सहयोग वितरण कार्यक्रममा प्राविधिक संघले सहयोग गर्ने उनले अपेक्षा राखेका छन् । पलले आर्थिक अवस्था कमजोर भएका र चलचित्र क्षेत्रमा सकृय हरेकको साथमा आफू भएको र केही अफ्ट्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन् ।

यो पनि समाचार पढ्नुहोस
काठमाडौँ, २१ चैत । को रोना भा इरस नियन्त्रणका लागि सरकार गरेको लकडाउनका कारण भारतमा हजारौँ नेपालीको बिचल्ली भएको छ । यसै सन्दर्भमा नेपाली जनसम्पर्क समिति, भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै सरकारको ध्यानाकर्षण गराएको छ । लकडाउनका कारण नेपालको सीमानाका बन्द हुँदा भारतका विभिन्न ठाउँमा अ लपत्र परेर बीच बाटैमा फ सेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल सरकारको नियमअनुसार नेपालसम्म पुयाउन यथाशीघ्र पहल गरियोस् भन्दै समतिका अध्यक्ष बालकृष्ण पाण्डेले आग्रह गरेका छन् ।

को रोना भा इरस सं क्रमण रो कथाम र नि यन्त्रणका लागि सरकारले गरेको निर्णयको स्वागत गरेका छन् । तर समितिले नेपाल सरकारलाई साथ दिनेगरी भा इरस सं क्रमण रोकथाम र नियन्त्रणका लागि काम गर्ने चाहेको तर उपयुक्त समन्वय र साथ नपाएको समेत पाण्डेले बताएका छन् । नेपाली दूतावासमा महामहिम राजदुत र डिसिएमसँग सहकार्य गरी समितिको माध्यमबाट भारतभरि नेपालीसित सम्बन्धित घटना, विवरण र आफ्नो सुझाव दिँदै आएको पनि उनले बताएका छन् ।

‘भारतभरि रहेका हजारौँको संख्यामा नेपाली बेरोजगार, बिमारी, बाटोमै अ लपत्र परेका छन्, यस आपतको सामना नेपाली दूतावासले मात्र सीमित साधन, अधिकारीहरुबाट मात्र हुन सक्दैन । हामी सबै मिलेर गर्नु सबैको दाइत्व पनि हो भन्ठानेर काम गर्दै आएका पनि छौँ,’ पत्रमा भनिएको छ, ‘तर दूतावासले हेल्प डेक्समार्फत नेकपा समर्थक साथीहरुलाई मात्र अधिकारिक सहयोगीको लिस्ट भनी वितरण गरिनु महामारीजस्तो दुःखद अवस्थामा नेपाल र नेपालीलाई सेवा गर्नुपर्ने वेला सत्ता दलको सचिवालयको हिसाबले हेल्प डेक्समार्फत गरिएको कार्यको हामीलाई घोर आपत्ति छ ।’ उनले सबै नेपाली र नेपालका लागि सहयोगी पवित्र भावनाले काम गरियोस् भन्दै नेपालीहरुका समस्या समाधान गर्ने पहल यथाशीघ्र गर्न पनि माग गरेका छन् ।

Related Articles

Back to top button