समाचार

संकटमा रहेका बेलामा गरिने अनियमितता भ्रष्टाचार मात्रै होइन देशद्रोह हो : सांसद लिङ्देन

काठमाडौं, २१ चैत । राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङ्देनले देश संकटमा रहेका बेला जिम्मेवार क्षेत्रबाट गरिने लापरबाही र अनियमित भ्रष्टाचार मात्रै नभएर देशद्रोह भएको बताउनुभ भएकाे छ ।

नेता लिङ्देनले सामाजिक संजाल मार्फत सरकारले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया रद्दको विषयप्रति लक्षित गर्दै देश संकटमा रहेका बेलामा गरिने अनियमितता भ्रष्टाचार मात्र होइन देशद्रोह भएको बताउनु भएकाे हाे ।

संसाद लिङ्देनले सरकारले खरीद प्रक्रिया रद्द गरेर स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमिततालाई स्वीकार गरेको तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने समेत मग गर्नुभएकाे छ ।

उहाँ लेख्नुहुन्छ- “सरकारले स्वास्थ्य सामाग्री खरीद प्रक्रिया रद्द गरेर स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमिततालाई स्वीकार गरेको छ।‬ ‪देश संकटमा रहेका बेला जिम्मेवार क्षेत्रबाट गरिने लापर्वाही र अनियमित तरीकाबाट गरीने आर्थिक आर्जन केवल भ्रष्टाचार मात्र होईन देशद्रोह हो ।‬ ‪छानविन गरेर यसका अपराधीहरलाई कार्वाहीको दायरामा ल्याउनुपर्छ।‬”

बुधबार मात्र स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परिक्षण किड गुणस्तर हिन भएको, खरिद मूल्य महगो परेको र सम्झौता गरिएको कम्पनीको दर्ता समेत नरहेको बताउदै खरिद प्रक्रिया नै रद्द गरेको थियो ।

Related Articles

Back to top button
Close