काठमाडाैँमा एक उदार घरबेटी- चैत महिनाको ९६ हजार घरभाडा मिनाहा
हरिकृष्ण गौतम
म्याग्दी, २१ चैत । समाजसेवी बलभद्र ढकालले काठमाडाैँमा रहेकाे आफ्नो घरको भाडा मिनाहा गरेका छन् । होटल व्यवसाय सञ्चालन गरिएको उक्त घरको चैत्र महिनाको ९६ हजार घरभाडा मिनाहा गरेका हुन् ।
दुई साता लामो लकडाउनकाे मारमा होटल व्यवसायी परेकाले समस्यालाई मध्यनजर गरी काठमाडाैँको टोखा नगरपालिकामा अवस्थित घरको ९६ हजार भाडा मिनाहा गरेकाे घरधनी ढकालले बताए ।
म्याग्दीको मंगला गाउँपालिका–५, पिपलबोटका निवासी ढकाल र धर्मपत्नी नन्दकलीले कोरोना भाइरसको जोखिमले कारोबार ठप्प भएको अवस्थामा व्यवसायीबाट भाडा लिनु अन्याय हुने भन्दै मिनाह गरिदिएकाे साे घरमा सञ्चालित म्याग्दीकिराँत गेष्ट हाउसका सञ्चालक सुरेन्द्र ढकालले जानकारी दिए ।
‘एक महिनाको घरभाडा मिनाहाले ठूलो राहत मिलेको छ,’ व्यवसायी ढकालले भने, ‘फागुनको अन्तिमदेखि नै पाहुनाको चाप घट्दै गएको थियो । गोंगबुमा यो भाडा मिनाहाले अन्य घरधनीलाई समेत दबाब मिलेको छ ।
घरधनी ढकालले काठमाडाैँमा रहेका जिल्लामा समेत विभिन्न सामाजिक तथा मानवीय कार्यहरुमा सहयोग गर्ने गरेकाे बताए ।