समाचार

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक युवतीको ज्यान गयो,

चितवन, २१ चैत । चितवनको भरतपुर अस्पतालका को रोनासँग मिल्दो जुल्दो ल क्षण देखिएकी एक महिलाको उपचारको क्रममा मृ त्यु भएको छ ।

सिन्धुली हरिहरपुर गाँउपालिकाकी २६ वर्षीया उपा कुमारी राईकाे उपचारको क्रममा शुक्रबार बिहान मृ त्यु भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिला पौडेलले जानकारी दिनुभयाे । पौडेलका अनुसार उक्त बिरामी ज्वरो र निमोनियाकी भएको र हेटौडाबाट रिफर भएर चितवन आएकी थिइन् ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृ त्यु भएको सुचाना अधिकारी पौडेलले बताउनुभयाे । उनको लक्षण को रोनासँग मिल्दो जुल्दो भनिएपनि के कारणले मृ त्यु भयो भन्ने अस्पतालले बताउन चाहेको छैन् ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । मृ तक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी भइरहेको छ । मृतक राईलाई हेटौडा अस्पतालले यहाँ रिफर गरेको थियो ।

यो पनि समाचार पढ्नुहोस
काठमाडौँ, २१ चैत । को रोना भा इरस नियन्त्रणका लागि सरकार गरेको लकडाउनका कारण भारतमा हजारौँ नेपालीको बिचल्ली भएको छ । यसै सन्दर्भमा नेपाली जनसम्पर्क समिति, भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै सरकारको ध्यानाकर्षण गराएको छ । लकडाउनका कारण नेपालको सीमानाका बन्द हुँदा भारतका विभिन्न ठाउँमा अ लपत्र परेर बीच बाटैमा फ सेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल सरकारको नियमअनुसार नेपालसम्म पुयाउन यथाशीघ्र पहल गरियोस् भन्दै समतिका अध्यक्ष बालकृष्ण पाण्डेले आग्रह गरेका छन् ।

को रोना भा इरस सं क्रमण रो कथाम र नि यन्त्रणका लागि सरकारले गरेको निर्णयको स्वागत गरेका छन् । तर समितिले नेपाल सरकारलाई साथ दिनेगरी भा इरस सं क्रमण रोकथाम र नियन्त्रणका लागि काम गर्ने चाहेको तर उपयुक्त समन्वय र साथ नपाएको समेत पाण्डेले बताएका छन् । नेपाली दूतावासमा महामहिम राजदुत र डिसिएमसँग सहकार्य गरी समितिको माध्यमबाट भारतभरि नेपालीसित सम्बन्धित घटना, विवरण र आफ्नो सुझाव दिँदै आएको पनि उनले बताएका छन् ।

‘भारतभरि रहेका हजारौँको संख्यामा नेपाली बेरोजगार, बिमारी, बाटोमै अ लपत्र परेका छन्, यस आपतको सामना नेपाली दूतावासले मात्र सीमित साधन, अधिकारीहरुबाट मात्र हुन सक्दैन । हामी सबै मिलेर गर्नु सबैको दाइत्व पनि हो भन्ठानेर काम गर्दै आएका पनि छौँ,’ पत्रमा भनिएको छ, ‘तर दूतावासले हेल्प डेक्समार्फत नेकपा समर्थक साथीहरुलाई मात्र अधिकारिक सहयोगीको लिस्ट भनी वितरण गरिनु महामारीजस्तो दुःखद अवस्थामा नेपाल र नेपालीलाई सेवा गर्नुपर्ने वेला सत्ता दलको सचिवालयको हिसाबले हेल्प डेक्समार्फत गरिएको कार्यको हामीलाई घोर आपत्ति छ ।’ उनले सबै नेपाली र नेपालका लागि सहयोगी पवित्र भावनाले काम गरियोस् भन्दै नेपालीहरुका समस्या समाधान गर्ने पहल यथाशीघ्र गर्न पनि माग गरेका छन् ।

Related Articles

Back to top button