समाचार

भारतीय पूर्व ब्याट्सम्यान तथा दिल्लीका सांसद गम्भीरले काेराेना काेषमा २ वर्षको तलब दिने

काठमाडौं, २१ चैत । भारतीय जनता पार्टी (भाजपा)का सांसद् एवं भारतीय क्रिकेट टिमका पूर्व ब्याट्सम्यान गौतम गम्भीरले भारत सरकारकाे कोरोना भाइरस विरुद्धकाे काेषमा आफ्नो दुई वर्षको पारिश्रमिक दिने भएका छन् ।

सांसद् गम्भीरले सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना भाइरस विरुद्धको अभियानमा भारत सरकारलाई सघाउन प्रधानमन्त्री राहत कोषमा आफ्नो २ वर्षको पारिश्रमिक दिने बताएका हुन् ।

ट्वीटरमार्फत उनले भनेका छन्- ‘अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्नेभन्दा पनि आफूले दिनुपर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ ।’ उनी एक वर्षअघि प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रभावित भएको भन्दै भाजपामा प्रवेश गरेका थिए ।

खेलकुद क्षेत्रबाट राजनीतिमा प्रवेश गर्दै गर्दा उनले देशका लागि केही गर्ने प्रतिबद्धता जनाएका थिए । उनी हाल दिल्लीका विधान सभाका सांसद् छन् । सांसद् गम्भीरले अरुलाई पनि काेराेनाविरूद्धका प्रधानमन्त्री कोषमा रकम सहयायेग गर्न अनुरोध गरेका छन् ।

Related Articles

Back to top button
Close