समाचार

मनकारी मेयर : जसले ६८ घर परिवारलाई बाँडे राहत, १० लाख घरभाडा छुट

बागलुङ, २० चैत । यतिवेला देशका नागरिकहरु ‘ल कडाउन’ अर्थात घरभित्रै बसेर नो बेल को रोना भा इरस (कोविड १९) विरुद्ध लडिरहेका छन् ।त्यो ल डाईको सबै भन्दा क ष्टकर रुपमा सा मना गरिरहेका छन् दैनिक ज्याला–मजदूरी गरेर पेट पाल्नु पर्ने गरिव मजदुरहरु । ती मजदुर वर्गको यस्तो विषम परिस्थितिलाई मध्यनजर गरी बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रुपमा नगरका गरीब जनतालाई राहत स्वरप खाद्यन्न सामग्री उपलब्ध गराएका छन् ।

नगर प्रमुख नेपालीले नगरस्तरका अति विपन्न, जो दैनिक मजदुरी गरेर विहान बेलुकाको चुलो चलाउने १ सय ७ घरपरिवार मध्ये मात्रै ब्यक्तिगत रुपमा ६८ घर परिवारलाई खाद्यान्न उपलव्ध गराएका छन् ।मेयर नेपालीले वडा नं. १ का १९ घरपरिवार, वडा नं. २ का १३, वडा नं. ३ का १२, वडा नं. ५ का १०, वडा नं. ६ का १० र वडा नं. ७ का ९ मध्ये ४ घर परिवार गरी ६८ घरपरिवारलाई मेयर नेपाली र श्रीमति छेमा नेपालीले खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख नेपालीका अनुसार, बाँकी रहेका वडा नं. ४, ७, ८ र ९ स्थित विकट गाउँका ३९ घरपरिवारलाई घर÷घरमै पुगेर खाद्यन्न उपलब्ध गराइनेछ । प्रति घरपरिवार जिरा स्टीम चामल १ बोरा, दाल १ केजी, चिनी १ केजी, खाने तेल १ पोका, नुन १ केजी, वाईवाई चाउचाउ ५ प्याकेट र तरकारीका लागि स्वायविन प्रति परिवार एक एक पोका उपलव्ध गराइएको नगर प्रमुख दम्पत्तीले हस्तान्तरण गरेका थिए ।

मजदूरहरुलाई ६ महिना म एक्ललै पाल्छु
यसैबीच सञ्चारकर्मीको जिज्ञासामा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कुनै पनि मजदूर वर्गलाई खाद्यान्न अभावका कारण भोकै मर्न नदिने प्रतिवद्धता जनाएका छन् ।उनले भने ‘ब्यापारीहरु संगै छिटै खरिद गरे मैले स्टक राख्छु , नगरपालिकाले पनि गरि खाने बर्गको राहतका लागि बिशेष प्याकेज ल्याउने छ । उस्तै अभाव सिर्जन भए यहाँका मजदूरहरुलाई ६ महिना सम्म म एक्लैले पनि पाल्छु ।

मेयर दम्पत्तीले आफूहरुले ठूलो संघर्ष गरेर कमाएको सम्पत्ति आफ्ना लागि नभएर यहाँका पछाडि परेका वर्ग समुदायलाई माथि उकास्नका लागि भएको उद्घोष गर्दै आएका छन् ।मेयर पत्नी नेपाली भन्छिन्, ‘हाम्रो घरयासी खर्च छोरा बुहारी कै कमाईले पुग्छ । अन्य आय श्रोतले गरीव निमुखाहरुको दुःखमा हेरविचार र शिक्षा स्वास्थ्यमा खर्च गर्दै आएका छौं र आगामी दिनमा पनि गर्ने नै छौं ।’

मेयरद्धारा झण्डै १० लाख घरभाडा छुट
सरकारले एक महिनाको घरभाडा छुट दिन घरबेटीहरुलाई निर्देशन दिइसकेको छ । तर मेयर नेपालीले यस अघि नै आफ्ना घरहरुमा बस्ने ब्यक्ति र ब्यवसायी संस्थालाई एक महिनाको घर भाडा छुटको घोषणा गरि सकेका छन् ।उनले वुर्तिबाङ्ख बजार, पोखरा र काठमाडौंमा रहेका घरहरुमा बसेका १४ वटा ब्यापारिक र वित्तीय संस्थाहरुलाई एक महिना बराबरको ९ लाख ६५ हजार घरभाडा छुट दिएका छन् ।

ल क डा उनका कारण दैनिक गुजारामा समस्या भइरहेको अवस्थामा नगर प्रमुख नेपालीले खाद्यान्न सहयोग गरेको भन्दै प्रभावितहरुले खुशी व्यक्त गरेका छन् ।
“ढोरपाटन नगरपालिका वडा नं. ६ का खड्क बहादुर पुनले भने ‘ल कडा उनले मजदूरी गर्न नपाएपछि दाल भात समेत खान नपाउने भएका छौँ, हामी जस्ता गरीवको चुल्हो बल्न समेत धौधौ छ । यस्तो अवस्थामा मेयरले खानेकुरा दिनुभयो हामी निकै खुशी छौँ” ।

यो पनि समाचार पढ्नुहोस
काठमाडौँ, २१ चैत । को रोना भा इरस नियन्त्रणका लागि सरकार गरेको लकडाउनका कारण भारतमा हजारौँ नेपालीको बिचल्ली भएको छ । यसै सन्दर्भमा नेपाली जनसम्पर्क समिति, भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै सरकारको ध्यानाकर्षण गराएको छ । लकडाउनका कारण नेपालको सीमानाका बन्द हुँदा भारतका विभिन्न ठाउँमा अ लपत्र परेर बीच बाटैमा फ सेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल सरकारको नियमअनुसार नेपालसम्म पुयाउन यथाशीघ्र पहल गरियोस् भन्दै समतिका अध्यक्ष बालकृष्ण पाण्डेले आग्रह गरेका छन् ।

को रोना भा इरस सं क्रमण रो कथाम र नि यन्त्रणका लागि सरकारले गरेको निर्णयको स्वागत गरेका छन् । तर समितिले नेपाल सरकारलाई साथ दिनेगरी भा इरस सं क्रमण रोकथाम र नियन्त्रणका लागि काम गर्ने चाहेको तर उपयुक्त समन्वय र साथ नपाएको समेत पाण्डेले बताएका छन् । नेपाली दूतावासमा महामहिम राजदुत र डिसिएमसँग सहकार्य गरी समितिको माध्यमबाट भारतभरि नेपालीसित सम्बन्धित घटना, विवरण र आफ्नो सुझाव दिँदै आएको पनि उनले बताएका छन् ।

‘भारतभरि रहेका हजारौँको संख्यामा नेपाली बेरोजगार, बिमारी, बाटोमै अ लपत्र परेका छन्, यस आपतको सामना नेपाली दूतावासले मात्र सीमित साधन, अधिकारीहरुबाट मात्र हुन सक्दैन । हामी सबै मिलेर गर्नु सबैको दाइत्व पनि हो भन्ठानेर काम गर्दै आएका पनि छौँ,’ पत्रमा भनिएको छ, ‘तर दूतावासले हेल्प डेक्समार्फत नेकपा समर्थक साथीहरुलाई मात्र अधिकारिक सहयोगीको लिस्ट भनी वितरण गरिनु महामारीजस्तो दुःखद अवस्थामा नेपाल र नेपालीलाई सेवा गर्नुपर्ने वेला सत्ता दलको सचिवालयको हिसाबले हेल्प डेक्समार्फत गरिएको कार्यको हामीलाई घोर आपत्ति छ ।’ उनले सबै नेपाली र नेपालका लागि सहयोगी पवित्र भावनाले काम गरियोस् भन्दै नेपालीहरुका समस्या समाधान गर्ने पहल यथाशीघ्र गर्न पनि माग गरेका छन् ।

Related Articles

Back to top button
Close