अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, संक्रमित साढे २ लाख !
काठमाडौँ, २१ चैत । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । बिहीबार मात्र ९६८ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ६ हजार ७० पुगेको हो ।
यसैगरी अमेरिकामा कोरोना संक्रमितको संख्या झन तीव्र गतिमा बढिरहेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमित संख्या २ लाख ४४ हजार ८७७ पुगेको छ । जसमध्ये २९ हजार ८७४ नयाँ संक्रमित बिहीबार मात्र फेला परेको वल्र्डोमिटर्सले जनाएको छ । तीमध्ये १० हजार ४०३ जना भने निको भइसकेका छन् ।
त्यहाँको सबैभन्दा बढी प्रभावित क्षेत्र न्यूयोर्कमा मात्रै २ हजार ५३८ जनाको ज्यान गएको छ । बिहीबार मात्र ३१९ जनाको मृत्यु भएको छ भने ९ हजार १५२ जना नयाँ संक्रमित फेला परेका छन् । न्यूयोर्कमा मात्रै कुल संक्रमित संख्या ९३ हजारभन्दा बढी रहेको छ ।
दोस्रो बढी प्रभावित राज्य ५३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ २५ हजार ५९० जनामा यसको संक्रमण देखा परेको छ ।
सबैभन्दा बढी प्रभावित १५ राज्य
सामाजिक दूरी कायम राख्न सुझाव
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले बाहिर सार्वजनिक स्थानमा जाँदा कपडाकाे मास्क लगाउन भनेका छन्, यद्यपि विज्ञहरूले भने मास्कले मात्र नथेग्ने हुँदा सामाजिक दूरी कायम राख्नुपर्नेमा जाेड दिएका छन् । तर राष्ट्रपति ट्रम्पले प्रतिबन्धात्मक कदम या लकडाउन जस्ताे कदम उठाउन हिच्किचाइरहेका छन् ।
कोरोनाभाइरस प्रतिक्रियाका संयोजक डा डेबोरा बिर्क्सले जोड दिएका छन् कि मास्कभन्दा सामाजिक दूरी कायम राखेर मात्र काेराेना भाइरसको फैलावटलाई न्यून गर्न सकिन्छ, याे नै अमेरिकीहरूले लिन सक्ने सबैभन्दा महत्त्वपूर्ण कदम हो ।