समाचार

बैशाख ५ गतेसम्म लकडाउन लम्बिन सक्ने

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधि फेरि थप गर्ने भएको छ । आज कोरोनाका छैटौं सं’क्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाउने भएको हो ।

यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, सं’क्रमितको संख्या थपिँदै गएपछि दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँदैछ । बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा समेत मन्त्रहरुबीच अनौपचारिक रुपमा लकडाउन बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार वैशाख ५ गतेसम्मका लागि लकडाउनको अवधि बढाउन समितिले मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने छ । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।

Related Articles

Back to top button
Close