समाचार

बेल्जियममा पनि पहिलो पटक एक नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

इन्दिरा चाम्लिङ
ब्रसेल्स, बेल्जियम २० चैत । यूरोपको राजघानी मानिने बेल्जियममा पनि पहिलो पटक १ नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । फ्रान्सको लिल्ले शहरको सीमा नजिकै रहेको बेल्जियमको पर्यटकीय शहर ब्रुग्गे निवासी ४५ बर्षीय एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको ब्रुग्गेको एक जिकेनहाउसले पुष्टि गरेको हो ।

एकिन तथ्यांक नभएपनि ब्रुग्गे शहरमा २ हजार भन्दा बढी नेपाली स्थायी ÷ अस्थायी रूपमा बसोबास गरिरहेको अनुमान छ भने बेल्जियममै नेपालीहरुको तेश्रो बढी जनघनत्व रहेको छ । विश्वब्यापी फैलिएको कोभिड १९ को महामारीसंगै नेपालीहरू यूरोपभर प्रभावित भइसकेका छन् भने बेल्जियममा भने संक्रमणको पुष्टि भएको यो पहिलो हो ।

अन्दाजी ८ देखि ९ हजार नेपाली बसोबास गर्ने बेल्जियमको सो शहरमा अष्ट्रेलियाका नेपाली धनाढ्य डा.शेष घले र जमुना घलेको समेत होटल व्यवसाय संचालनमा रहेको छ भने ३ दर्जन बढी नेपालीको आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । बेल्जियम सरकार स्वास्थ्य मन्त्रालयका प्रबक्ता बेनोईट रामाकेरले केही दिन यता दैनिक झन्डै २ हजारको हाराहारीमा कोरोना संक्रमणका बिरामीहरू बढिरहनु दुःखद बनेको बताएका थिए ।

कोरोना संक्रमणबारे नियमित जानकारी दिने क्रममा बिहीबार प्रवक्ता रामाकेरले बेल्जियममा बिहीबार साँझसम्ममा १५ हजार ३ सय ४८ जनालाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका छन् । भाषिक पहिचानको आधारमा ३ प्रान्त रहेको बेल्जियममा कोरोना भाइरसको संक्रमणबाट १ हजार ११ जनाको निधन भईसकेको छ भने २ हजार ४ सय ९५ जनाको कोरोना भाइरसको उपचारपछि घर फर्किएका छन् ।

यो समाचार तयार पार्दा समेत नेपाली संक्रमित भएको विषयमा सम्पर्क गर्न खोज्दा ब्रसेल्स दूताबास र गैर आवाशीय नेपाली संघ बेल्जियम मौन रहेका छन् । फोन सम्वाद गर्न खोज्दा समेत सम्पर्क हुन सकेन भने गैर आवाशीय नेपाली संघ बेल्जियम छलफलमा रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close