समाचार
भारतमा एकैदिन देखिए धेरै संक्रमित !
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या नियन्त्रणमा राख्न सफल देखिएको भारतमा बुधबार एकैदिन धेरै संक्रमित देखिएका छन् ।बिहीबार भारतमा २४ घण्टामा ६ सय १ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यसअघि यतिधेरै संख्यामा कोरोना संक्रमित भारतमा भेटिएका थिएनन् ।
भारतमा कोरोना संक्रमितको संख्या २ हजार नजिक पुगेको छ । हालसम्म संक्रमितको संख्या १ हजार ९ सय ९८ रहेको जनाइएको छ ।भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । अमेरिका र युरोपका देशमा कोरोना महामारीको रुपमा फैलिएपनि भारतले हालसम्म नियन्त्रणमा राख्न सफल भएको छ ।