समाचार

‘लक डाउन’ खुकुलो पार्दै सरकार, भर्खरै भयो यस्तो निर्णय

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले ‘लक डाउन’ अवधि बढाउँदै गएपनि कडाइलाई खुकुलो पार्ने निर्णय भएको छ ।बिहीबार केहीबेरअघि बसेको कोभिड–१९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले देशभर अत्यावश्यक सामग्री अभाव हुन थालेपछि अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसअघि सरकारले लक डाउनका नाममा धेरै कडाइ गर्दा उद्योग सञ्चालन प्रभावित भएको थियो । अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।‘मुलुकभित्र खाद्य उत्पादन गर्ने उद्योगहरू र अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगहरूलाई त्यही उद्योगभित्र कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउने दिइनेछ,’ मन्त्री खतिवडाले भने, ‘अरु पनि उद्योगहरूले आफ्नै आवासीयरुपमा मजदुरहरू परिचालन गरेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन सक्नुहुन्छ ।’

समितिले आवागमनलाई बाहिरै रोकेर सञ्चालन गर्न सक्ने स्थानीय प्रशासनले व्यवस्थापन गर्ने गरी अघि बढाउन उपयुक्त हुने ठहर गरेको खतिवडाले बताए ।तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना जस्ता ठूला आयोजनामा बाहिरका कामदारलाई प्रवेश गर्न नदिइ भित्रकै कामदारलाई सुरक्षाका सबै उपकरण प्रयोग गरेर कामलाई निरन्तरता दिने निर्णय भएको मन्त्री खतिवडाले जनाएका छन् ।

हिउँदे बाली थन्क्याउने र बर्खे धान रोप्ने बेला भएकाले कृषकलाई व्यवधान हुन नदिइ काम गर्न दिइने समेत भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले चैत्र ११ गतेदेखि लक डाउन गरेको हो ।लक डाउन १८ गते सकिने भएपनि सरकारले २५ गते मध्यारातिसम्म लक डाउन थप हुने निर्णय गरेपछि कतिपय अत्यावश्यक सामग्री अभाव हुन थालेको थियो ।

Related Articles

Back to top button
Close