समाचार

‘लकडाउनले गर्दा घर पनि खोर जस्तो भएको छ’ अभिनेता निखिल उप्रेती

अभिनेता निखिल उप्रेतीले मानवजातिकै गल्तीका कारण कोरना बनेको बताएका छन् । उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै मानव जातीले बिकासको क्रममा गरेको गल्ती अहिले कोरोना बनेर आएको बताएका हुन् ।लकडाउनले सबैलाई घरमा नजरबन्द गरेको बताउदै उनले अहिले घर पनि खोर जस्तो भएको बताएका छन् ।

निखिलले लकडाउनमा पनि बेलुका ५ बजेपछि घरबाहिर धेरै मानिस देखिएकोले त्यसलाई राजनीतिक प्रभाव भएको बताएका छन् । त्यस्तै उनले कोरोनाको संक्रमणबाट देशलाई जोगाउन सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालन गरेर घरभित्रै बस्न समेत सबैलाई अनुरोध गरेका छन् ।निखिल विगत १० दिनदेखि घरमै रहेका छन् । नयाँ फिल्म ‘आयो भैरव’को काम गरिरहेका निखिलको कोरोना समस्या समाधान भएपछि यसको सुटिङमा गर्ने योजना पनि रहेको छ ।

Related Articles

Back to top button