भिडियो

नायक सलिनमानले आफ्नै युट्युब च्यानलबाट यसरी देखाए जादु (भिडियो सहित)

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि आम सर्वसाधारणदेखि काँचको पर्दामा देखिने कलाकारसम्म घरमै सीमित भएका छन् । वर्षभरी छायांकनमा व्यस्त हुने कलाकारहरु अहिले परिवारसँग समय विताइरहेका छन् । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना शुभचिन्तकलाई सावधानी अपनाउन पनि उनीहरुले अपिल गरिरहेका छन् ।गएको एक वर्षदेखि काँचको पर्दामा नदेखिएका अभिनेता सलिनमान बनियाँ पनि ‘लकडाउन’ का कारण घरभित्रै छन् । हेर्नुस भिडियो

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘यात्रा’ पछि कुनै नयाँ फिल्म साइन नगरेका उनले क्वारेन्टाइनको समयमा आफ्नो सौख पूरा गरिरहेका छन् । अभिनेता बन्ने कहिल्यै कल्पना समेत नगरेका उनलाई म्याजिक (जादू) देखाउन भने बाल्यकालदेखि नै निकै मनपर्थ्यो । फुर्सदको समयमा साथीहरुलाई तासको म्याजिक देखाउने गरेका उनले त्यसको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिरहेका हुन्छन् । ‘लकडाउन’ को समयमा भने उनले घरमै तासको ‘म्याजिक ट्रिक्स’ को भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् ।

अभिनेता सलिनमानले क्वारेन्टाइनमा बसेर दिक्दार भएकालाई रमाइलोका लागि म्याजिक देखाएको बताएका छन् । उनले तासको जादू देखाउनुभन्दा अगाडि सम्पूर्ण नेपालीलाई घरमै विशेष सावधानी अपनाएर बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो एकदमै संवेदनशिल समय हो । मेरो अनुरोध छ सबैजना घरभित्रै बस्नुहोला ।’ सलिनको तासको ‘म्याजिक ट्रिक्स’ लाई दर्शकहरुले निकै मन पराएका छन् । यस प्रकारका भिडियो अरु पनि बनाउन दर्शकले उनलाई आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close