मनोरंजन

रामकृष्ण र निलमको क्वारेन्टाइन सेल्फी, डिभोर्सको घटना बाहिरिएपनि संगै (फोटो सहित)

कोरोनाको त्रासका कारण लकडाउनको स्थितीमा पुगेको नेपालमा अहिले सबै किसिमका व्यापार ब्यावसाय बन्द हुन पुगेको छ । यस्तैमा नेपाली सिने उधोगले पनि मज्जैले विश्राम लिन पाएको छ । सिनेमा हलहरु बन्दा भएदेखी रिलिज मिति पोस्टपोन्ड तथा छायांकनरत फिल्महरु पनि स्थगित भएको कारण यतिबेला सम्पुर्ण कलाकारहरु पनि बिश्राममा छन । वर्षको अन्त्यमा केही प्रतिक्षित फिल्महरु प्रदर्शनमा आउने तयारी थियो । तर विश्व महामारीको रुपमा फैलिएको कोरोनाको कारण सो फिल्महरुले प्रदर्शनको यात्रा तय गर्न सकेनन् ।

यता फुर्सदलाई सेलिब्रेटिहरुले मज्जैले सदुपयोग गरिरहेको सामाजिक संजाल मार्फत बुझ्न सकिन्छ ।सामाजिक संजालमा यतिबेला सेलिब्रेटिहरु अन्य समय भन्दा निक्कै अप्डेट भैरहेका छन् । कोहिले कोरोनाको बारेमा सचेतना फैल्याएका छन भने कोहि आफ्नो दैनिकीलाई पोस्ट्याईरहेका छन् । मेकअप गर्नेदेखी योगा, विभिन्न परिकार बनाउने कार्यहरुमा सघाईरहेका छन् । यस्तैमा लोकप्रिय गायक रामकृष्ण ढकाल पनि आफ्नो परिवार सहित होम क्वारेन्टाइनमै छन । पत्नी निलम संग डिभोर्सको चर्चा चले पनि यतिबेला दुबै संगै छन् । जसको आधिकारिकता ढकाल पत्नी निलमले आफ्नो ईन्स्टा एकाउन्टमा सार्बजनिक गरेको तस्वीरले दिन्छ । उनले रामकृष्ण र आफ्नो सेल्फी फोटोलाई ईन्स्टामा पोस्ट्याउदै होम क्वारेन्टाइनमा रहेको बताएकी छन् । यता रामकृष्णले पनि आफ्नो ईन्स्टामा पत्नी संगको सेल्फिलाई पोस्ट गरेका छन् । हेर्नुस् तस्वीर ।

Related Articles

Back to top button
Close