भिडियो

होम क्वारेन्टाइनमा बसेर धुर्मुस र जिग्रीले बनाए यस्तो भिडियो ( हेर्नुहोस् )

काठमाडौं २० चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको (कोभिड-१९) कोरोना भाइरस नियन्त्रणकालागि सरकारले लकडाउन गरेको आज दशौं दिन हो । यस लकडाउनको समयमा कलाकारहरु घरमै बसेर किताब पढ्ने, गीत गाउने, चलचित्र हेर्ने जस्ता क्रियाकलाप गरेर दिन बिताइरहेका छन् ।

लकडाउन प्रभाव, यतिबेला चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराक कट्टेल ‘धुर्मुस’ पनि होम क्वारेन्टिनमा परिवारसँग रमाइलो गर्दै दिन कटाइरहेका छन् । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’मा “मुस्कान पासा” बनेर नेवार हाउभाउमा गरेको अभिनयलाई लकडाउनको समयमा निरन्तरता दिएका छन् ।

एकसमय मुस्कान पासा र फतौरी बुढीको दोहोरी खुब चर्चामा थियो त्यस्तै धुर्मुस सुन्तलीले मुस्कान पासा र फतौरी बुढी बनेर कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक गीत पनि सार्वजनिक गरिसकेको छ ।

क्वारेन्टाइनको समयलाई सदुपयोग गर्दै धुर्मुस र कुमार कट्टेल जिग्रीले मनोरञ्जनात्मक भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेका छन् । भिडियोमा धुर्मुसले आफूलाई मुस्कान पासाको हाउभाउमा प्रस्तुत गरेका छन् भने उनलाई भिडियोमा भाइ जिग्रिले साथ दिएका छन् ।

Related Articles

Back to top button
Close