समाचार

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी ‘फेक’ सूचनाले विद्यार्थीलाई तनाव, कुनै निर्णय भएको छैन है !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको गलत सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गरेको पाइएको छ । सो सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ ।

तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको पुष्टी गरेको छ । अर्थ सरोकार डटकमसँग कुरा गर्दै
बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले उक्त सूचना फेक भएको पुष्टी गरेका हुन् । उनले अफबाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिनका लागि सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई निर्देशन दिइसकेको बताए ।

Related Articles

Back to top button
Close