समाचार

कोभिड १९ : विश्वभर ज्यान गुमाउनेको संख्या ४५,०५० पुग्यो, संक्रमितको संख्या ८ लाख ९४ हजार नाघ्यो (अपडेट)

काठमाडौं, १९ चैत । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण बुधबारसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४५ हजार ५० पुगेको छ । वल्र्डोमिरर्स डट इन्फोको ताजा अपडेट अनुसार कोभिड १९ बाट संक्रमितको संख्या संसारभर आठ लाख ९४ हजार २७ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटलीमा संक्रमितको संख्या एक लाख १० हजार ५७४ पुगेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म १३ हजार एक सय ५५ ले ज्यान गुमाइसकेका छन् । यसैबीच १६ हजार ८५७ जना निको भएर घर फर्किएका छन् ।


यता स्पेनमा एक लाख दुई हजार १३६ कुल सङ्क्रमित भएका छन्, भने नौ हजार ५३ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ जना निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा एक लाख ९१ हजार १९३ कुल सङ्क्रमित भएका छन्, भने चार हजार एक सय ३८ को मृत्यु भएको छ भने सात हजार ५३१ निको भएर फर्किएका छन् ।


चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ३१२ को मृत्यु भएको छ । यहाँ निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८ रहेका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ५२३ को मृत्यु भएको छ । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन भने तीन हजार ३६ व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ३५२ को मृत्यु भएको छ । बेलायतमा निको भएर घर फर्किनेको सङ्ख्या १३५ मात्रै रहेको छ ।

जर्मनीमा ७५ हजार ७५४ कुल सङ्क्रमित भएका छन्, भने ८४८ को मृत्यु भएको छ । यसैबीच १८ हजार ७०० निको भएको बताइएको छ ।

यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा सङ्क्रमण रहेको छ भने भारतमा एक हजार ६३७ सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । पाकिस्तानमा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

Related Articles

Back to top button
Close