समाचार

फरक मूल्य र उस्तै विशेषता भएका दुई मोटरसाइकल, कुन किन्दा राम्रो

काठमाडौं । नेपालमा दुइपाँग्रे सवारी साधन अन्तर्गत मोटरसाइकलको बजार तिब्र गतिमा बिस्तार भइरहेको छ। मोटरसाइकल किन्न र चढ्न चाहने मानिसको संख्या बढेसँगै रोजाइ, इच्छा र ग्राहकको क्षमता अुनसारका मोटरसाइकल बजारमा आइरहेका छन। आकर्षक बनोट, उच्च पर्फमेन्स र उत्कृष्ट मूल्यका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन्। यसैबीच, हामीले बनावट, मूल्य, इन्जिन पावर, क्षमता, विशेषतालगायतका पक्षमा निक्कै समानता रहेका होन्डा एक्स ब्लेड र टीभीएस अपाची आरटीआर फोरभी बीच तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

इन्जिन : टीभीएस १६० फोर भी मा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसले १६.५ पीएस पावर ८००० आर पीएममा र १४.८ एनएम टर्क ६५०० आर पीएममा जेनेरेट गर्छ । यसमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियर बक्स रहेको छ । होन्डा एक्स–ब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १३.९३ बीएच पावर र ६००० आरपीएममा १३.९ एनएम टर्क प्रदान गर्छ । पावरको हिसावले हेर्दा यी दुइ मोटरसाइकलमा टीभीएस अपाची १६० उत्कृष्ट रहेको छ ।

माइलेज : टीभीएस १६० फोर भीमा १२ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ। यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । होन्डा एक्स ब्लेडले प्रतिलिटर ४५ किलोमिटर माइलेज प्रदान गर्छ । माइलेज धेरै चाहनेको लागि हाेन्डा एक्स ब्लेड उपयूक्त छनोट हुनेछ ।

तौल र डायमेन्सन : टी भीएस अपाचे १६० फोर भीको तौल १४३ किलो ग्राम रहेको छ । यसको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम र उचाई १०५० एमएम रहेको छ । यसमा १३५७ एमएमको ह्वील वेश लगाइएको छ भने, १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको सिट हाइट ८०० एमएम रहेको छ । होन्डा एक्स–ब्लेडको तौल १४० किलो ग्राम रहेको छ । यसको लम्बाई २०१३ एमएम, चौडाई ७८६ एमएम र उचाई १०१५ एमएम रहेको छ । यसमा १३४७ एमएमको ह्वीलवेश दिइएको छ भने, १६० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

चेसिस, सस्पेन्सन, ब्रेक र टायर : टीभीएस अपाचे आरटीआर १६० फोर भीमा डबल क्रेडल स्प्लिट स्क्रान्को स्टिफ चेसिस दिइएको छ भने अन्य दुई मोटर साइकलमा डायमन्ड चेसिस लगाइएको छ । दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्को पिक फर्क र रियरमा मनोशक सस्पेन्सन दिइएको छ । होन्डा एक्स ब्लेडको रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । टीभीएस १६० फोर भीको रियरमा २०० एमएमको डिस्क तथा फ्रन्टमा २७० एमएम डिस्क ब्रेक रहेको छ । होन्डा एक्स–ब्लेडको फ्रन्टमा २७६ एमएमकाे डिस्क ब्रेक रहेको छ । दुबै मोटरसाइकलमा १७ इन्च आलोय ह्वील लगाइएको छ ।

विशेषता : टीभीएस १६० फोर भीमा रेसिंग डबल ब्यारल एक्जस्ट, रोटो पेटल डिस्क ब्रेक, फुल्ली डिजीटल स्पीडोमिटर, फोम इन प्लेस सिट, अग्रेशिप ट्यांक कावल, अग्रेशिप हेडल्याम्प, इन्जिन कावलको जस्ता विशेषता दिइएको छ । हाेन्डा एक्स ब्लेडमा यी विशेषता दिइएको छैन । त्यस्तै, यस्तै दुबै मोटरसाइकलमा डिजिटल स्पीडोमिटर र टेकोमिटर, ट्रिपमिटर, पिलन ग्राबेल, पिलन सिट, फ्युल गज, एलइडी हेडलाइट, एलइडी टेललाइटको विशेषता दिइएको छ ।

मूल्य : नेपाली बजारमा टीभीएस अपाची १६० फोर भीकाे मूल्य २ लाख ८८ हजार ९०० र हाेन्डा एक्स ब्लेडको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ । मेरो अटोवाट साभार गरिएको

Related Articles

Back to top button
Close