समाचार

सशस्त्रका एसपीको रगतले सुत्केरीको बच्यो ज्यान

विमल विष्ट,डोटी। सशस्त्र प्रहरी बलको दिपायलमा रहेको ३६ नम्बर गणका गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक जहरसिंह बुढामगरले प्रदान गरेको र’गतले एक सुत्केरी महिलाको ज्या’न जोगिएको छ । सो गणले दिएको जानकारी अनुसार गणपती बुढामगरले प्रदान गर्नु भएको र’गतका कारण जिल्लाको सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीय सीता बिकको ज्यानबचेको हो ।

पेटमा जुम्ल्याह बच्चा भएकी बिकले सोमबार एउटा बच्चा गाउँमै पाएकी थिइन् । अर्को बच्चा पाउँन नसके पछि उहाँलाई दिपायलको राजपुर स्थित सुजङ्ग अस्पताल ल्याइएको थियो ।अत्याधिक र’क्तश्रावका कारण ज्या’न जोखिममा परेपछि सशस्त्र प्रहरीलाइ खबर गर्दा गणपती बुढामगरले आज मङ्गलबार रगत दिनु भएपछि बिकको ज्या’न बचेको सुजङ्ग अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणपती बुढामगरले एक सपण्ट ‘बी पोजेटिभ’ र’गत प्रदान गर्नु भएको थियो । र’गत पाएपछि अहिले आमा र दुबै बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्लामा ब्लड बैंक नहुँदा र’गतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीका धाउने गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ

Related Articles

Back to top button
Close